
दैलेखको भैरवी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा भैरवी गाउँपालिका ७ मा संचालन गरिएको उज्यालो साना किसान सहकारी संस्थाले ३१ हजार ५ सय सहयोग गरेको छ ।
विश्वभर महामारिको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणमा पालिकाभरीका जनताहरुको सहयोगका लागि उक्त रकम प्रदान गरिएको सहकारीका अध्यष लक्ष्मी प्रसाद जैसीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रेम बुढालाई चेक हस्तान्तरण गरिएको छ । ग्रामिण जलस्रोत व्वस्थापन परियोजना दैलेखको सहयोगमा स्थापना भएको उक्त सहकारी गाउँपालिकाकै अब्बल सहकारी बन्न सफल भएको छ । सहकारीको विपत कोष अन्तरगत ३१ हजार ५ सय रकम गाउँपालिकाको राहत कोषमा प्रदान गरिएको हो । सहकारीले भैरवी गाउँपालिकाका ७ वटै वडामा सेवा प्रदान गर्दै आएको छ











